united-madheshi-newdelhi
हुलाकी न्यूज, नयाँ दिल्ली २० भदौ ।
भारतको राजधानी नयाँ दिल्लीमा नेपालमा विभेदकारी संविधान जारी भएको भन्दै विरोध प्रदर्शनका साथै संविधान जलाइने भएको छ ।

नेपालको संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा असोज तीन गते नयाँ दिल्लीस्थित जंतर मंतरमा संविधान जलाइनेछ ।

दिल्लीमा रहेका मधेशी–थारुहरुको छाता संगठन युनाइटेड मधेशीजले असोज तीन गते अर्थात १९ सेप्टेम्बरमा दिउँसो २ बजेदेखि पाँच बजेसम्म जंतर मंतरमा प्रदर्शन गर्ने जनाएको छ । साथै नेपालको संविधान पनि जलाइनेछ ।

युनाइटेड मधेशीका प्रविण कुमार कर्णले हुलाकी न्यूजसँग कुराकानी गर्दै असोज तीन गते नयाँ दिल्लीको जंतर मंतरमा नेपालको संविधान जलाउनका साथै विरोध प्रदर्शन हुने बताए ।

कर्णका अनुसार सोही दिन साँझ साढे सात बजेदेखि ८ बजेसम्म बत्ति निभाएर बल्याक आउट गरिनेछ ।

यता युनाइटेड मधेशीजका अध्यक्ष संजय यादवले विरोध प्रदर्शनको तयारी जोरतोरका साथ भइरहेको जनाएका छन् ।

फाईल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.