
हुलाकी न्यूज, काठमाडौं २० भदौ । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले नेकपा एमालेका नेताहरुले मधेशीलाई विदेशी देख्ने प्रवृत्तिका कारण समस्या झन् जटिल बन्न पुगेको टिप्पणी गरेका छन् ।
राजधानीमा सोमबार आयोजित एक साक्षात्कारमा नेता विश्वकर्माले एमालेको प्रवृत्तिका कारण समस्या समाधान नहुने दाबी गरेका छन् ।
उनले भने, ‘संविधान कुनै जंगबहादुर र महेन्द्रको शालिकजस्तो होईन, यो गतिशिल दस्तावेज हो, जति संशोधन हुन्छ जनताको भावना त्यति नै प्रतिनिधित्व हुन्छ ।’
उनले एमाले पनि जिम्मेवार बन्नुपर्ने बताउँदै संविधान संशोधन प्रस्ताव छिट्टै संसदमा पेश हुने विश्वास समेत व्यक्त गरे ।




Ho ni t Nepal nai bharat lai dinu parne n diyar dachirn panthi bharatiy gulam haru lai man paren .