oli
हुलाकी न्यूज, काठमाडौं २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्नुपर्ने कारण माग गरेका छन् ।

बैंकको १० दिने बसाईपछि नेपाल फर्केका ओलीले संविधान संशोधन किन गर्ने र के को लागि गर्ने भन्दै कारण र आधार माग गरेका छन् ।

उनले मधेशी मोर्चाका मागहरु यसघ नै करिब–करिब पूरा भइसकेको बताउँदै सीमांकनको माग मधेशी जनताको नभएको दाबी गरेका छन् ।

उनले संविधान संशोधन गर्ने कुरामा आफ्नो पार्टी बाधक नभएको बताउँदै भने, ‘एमाले संविधान संशोधन गर्ने कुरामा बाधक बन्दैन, तर अहिले के को लागि संशोधन गर्ने र किन गर्ने, कारण र आधार त चाहियो नि, त्यसै लहडको भरमा गर्ने कुरा हो र ?’

ओली बैंककमा १० दिन बसेका थिए । मृगौला चेकअपको लागि ओली थाईल्याण्ड गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.