Birgunj_morcha
हुलाकी न्यूज, बीरगञ्ज १९ भदौ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साको पूर्वघोषित कार्यक्रम अनुसार चार दिन पछिका कार्यक्रमहरु स्थगित गरिएको छ ।

मधेशमा लगातार तीनदिनदेखि भइरहेको वर्षाका कारण बाँकी कार्यक्रमहरु स्थगित गर्नु परेको मोर्चाका नेता प्रदिप यादवले बताए ।

मोर्चाले सहिद सप्ताहको चारदिनसम्म विविध कार्यक्रम गरी मनाएको छ । बाँकी कार्यक्रम मोर्चाले घोषणा गरेको भदौं १९ गते वीरगन्जको घण्टाघर चोकका विहान ८ बजे देखी बेलका ६ बजे सम्मा मधेश आन्दोलन बारे फोटो प्रदर्शनी, भदौं २० गते वीरगन्जको श्रीपुरमास्थित ओम इन्टरनेशनल एकेडमीमा विद्यार्थीहरु बीच निवन्द प्रतियोगिता गर्ने र भदौं २१ गते वीरगन्जको घण्टाघर चोकमा मधेश आन्दोलनको क्रममा शहाद प्राप्त गरेका वीर शहिदहरुको श्रद्धान्जली सभालाई स्थगित गरिएको छ ।

तीन दिनदेखिको वर्षा केही दिनसम्म नरोकिने सम्भावना देखि पछि केही दिनका लागि कार्यक्रम स्थगित गरिएको नेता यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.