
हुलाकी न्यूज, काठमाडौं १९ भदौ । सदभावना पार्टीको वर्गीय मञ्चहरुको अधिवेशन मिति सारिएको छ ।
पार्टीका सचिव राजाराम पासवानले प्रेस विज्ञप्ति जारी गर्दै भदौ २२ गतेदेखि २९ गतेसम्म तय गरिएको जिल्ला तथा क्षेत्रीय अधिवेशनको मिति सारिएको जनाएका छन् ।
प्रेस विज्ञप्तिमा वर्गीय मञ्चको गाउँ तथा नगर समिति निर्माण तथा अधिवेशनमा अझै १५ दिन थप गरिएको छ । जसअनुसार आश्विन ५ गतेसम्म मगर्न सकिनेछ ।
त्यस्तै वर्गीय मञ्चको संयुक्त क्षेत्रीय अधिवेशन आश्विन ६ गतेदेखि १२ गतेसम्म हुने जनाइएको छ ।
यसैगरी वर्गीय मञ्चको संयुक्त जिल्ला अधिवेशन आश्विन १३ गते हुने जनाइएको छ ।



