
हुलाकी न्यूज, काठमाडौं १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत र अमेरिका भ्रमण अघि संविधान संशोधन हुन नसक्ने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रष्ट्याएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख राजनीतिक सल्लाहकार खनालले भारत र अमेरिका भ्रमणप्रश्चात संविधान संशोधन हुने बताएका छन् ।
खनालले भने, ‘अब उहाँ भारत र संयुक्त राष्ट्रसंघको भ्रमण सकेर फर्किए लगत्तै संशोधन प्रक्रिया अघि बढाउँछौं ।’
उनले भने, ‘मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ, हाम्रो पार्टीले त पहिलेदेखि नै यो विषयमा गम्भिर रुपमा कुरा उठाउँदै आएको छ, काँग्रेसले पनि यही कुरा भनेको छ ।’



