
हुलाकी न्यूज, काठमाडौं १७ भदौ । मधेश–थरुहट आन्दोलनको क्रममा पक्राउ परेका ४९२ जना आन्दोलनकारीहरुको नामावली संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई बुझाएको छ ।
आन्दोलनका क्रममा मुद्दा लागी पक्राउ परेकाहरु सूची संकलन गरी मोर्चाको कार्यदलले शुक्रबार गृहमन्त्रालयमा बुझाएको छ ।
मोर्चाका अनुसार आन्दोलनको क्रममा मुद्दा लगाई ४९२ जना आन्दोलनकारी पक्राउ परेका छन् ।
नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनको सरकार निर्माणमा अहम् भूमिका खेलेको मोर्चासँग तीनबुँदे सहमति गरिएको थियो । सोही सहमतिअनुसार मुद्दा लागी हिरासतमा रहेका आन्दोलनकारीहरुलाई रिहा गर्ने जनाइएको छ । फाइल फोटो



