sanyukta student
हुलाकी न्यूज, काठमाडौं १७ भदौ । चिकित्सा शिक्षामा सर्वोच्च अदालतले समानुपातिक समावेशिताको आधारमा आरक्षण लागू गर्न दिएको निर्देशनात्मक आदेश पालना गराउनका लागि संयुक्त विद्यार्थी संगठनले दबाब दिने निर्णय गरेको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको अध्यक्ष शुक्रबार बसेको बैठकले सर्वोच्च आदेश लागू गराउनका लागि एउटा कार्यदलसमेत बनाउने निर्णय गरेको हो ।

छिट्टै कार्यदल बनाई सर्वोच्च अदालतले चिकित्सा शास्त्रमा गरेको निर्णय लागू गराउन नेपाल सरकार र सरोकारवाला निकायलाई दबाब दिने जनाइएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन समयमै सम्पन्न गर्न सो बैठकले प्रतिबद्धता व्यक्त गरेको छ । विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धीहरुको कार्यान्वयन र आगामी कार्यदिशा तय गर्न सम्पूर्ण विद्यार्थी संगठनहरुका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गर्ने बैठकले निर्णय गरेको जनाइएको छ । सो कार्य दलले चिकित्सा शास्त्रमा सर्वोच्चको ४५ प्रशित वर्गीकृत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने निर्णय कार्यान्वयन गर्न नेपाल सरकार र सरोकारवाल निकायसँग जोडदार माग गर्नेछ ।

यसैगरी, बैठकले भूकम्प र बाढीपीडित प्रभावित जनजीवनलाई व्यवस्थित बनाउन तत्काल पहल गर्न सरकारसँग माग गरेको हो ।
सो बैठकमा नेवि संघका अध्यक्ष महर, अनेरास्वयुकी अध्यक्ष नवीना लामा, विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादव, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, नेपाल क्रान्तिकारी विद्यार्थीका अध्यक्ष निरज लव्यु, अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह, अनेरास्वयु छैटौंका अध्यक्ष अनिल किशोर घिमिरे, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रवीण मिश्र र रा.प्रा.संघका प्रविण कुमार थोकर उपस्थिति रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.