Janakpur_dhalebar_road
अमरेन्द्र कुमार यादव, जनकपुरधाम १७ भदौ । जनकपुरधामलाई मुख्य राजमार्गसँग जोड्ने एक मात्र जनकपुर–ढल्केबर सडक खण्ड ‘मृत्यु मार्ग’मा परिणत हुँदैछ । केही वर्षअघि सडक मर्मत भएपनि हाल उक्त सडकमा ठूला–ठूला ह्वाङ बन्दै गएको छ । जसकारण दैनिकजसो सानोठूलो दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यलय धनुषाको तथ्यांकले देखाउँछ ।

उक्त सडकबाट विहान बुलुका काठमाडौंका लागि गाडीहरु छुट्ने गरेको छ भने अन्य लोकलसहित दैनिकी हजारौ गाडी गुड्ने गरेको छ । राजमार्गमा खाल्डो पर्दा पनि सम्बन्धित निकायले मर्मतको लागि चासो देखाएको छैन । सडक मर्मत सम्हारको जिम्मेबारी भएको सडक डिभिजन कार्यलय जनकपुरका पदाधिकारीहरु दैनिकि आवतजावत गर्दासमेत ध्यान दिएका छैनन् ।

सम्बन्धित निकाय कानमा तेल हालेर बसेको कारण राजमार्ग दिनदिनै असुरक्षित बन्दै गएको स्थानीयबासी मुकेश ठाकुर बताउँछन् ।

सो खाल्डो समयमा नपुर्ने हो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने मोटरसाईकल चालक हरिकुन्दन महतो बताउँछन् । खाल्डो राजमार्गको बिच तथा छेउछाउहरुमा समेत रहेको कारण त्यसले दुर्घटना निम्तयाउने र ‘धेरै गाडी चल्ने राजमार्गमा खाल्डाखुल्डी राख्नै हुन्न, सम्बन्धित निकायले चाडै पिचिङ गरिदिनुपर्ने’– मोटरसाईकल चालक महतोले थपे ।

राजमार्गमा तीब्र गतिमा गुडेको सवारीसाधानले नजिकै आएपछि मात्रै खाल्डो देख्ने हुँदा सडक धराप भैm बनेको चालकहरु बताउछन् । एम्बुलेन्स र विरामी झनै मारमा पर्ने चालकहरुको भनाई छ । ‘सडकमा खाल्डाखुल्डी हुँदा विरामीलाई झन् दुःख हुन्छ । खासगरी राती यात्रा गर्ने सवारीचालकहरुलाई त्यसले निकै समस्या पारेको छ ।

यसैबीच धनुषाका ट्राफिक प्रमुख ज्ञान कुमार महतो हुलाकी न्यूजसँग भन्छन्,‘सडकमा खाल्डा खुल्डी प्रमुख समस्या हो नै तर अर्को समस्याहरु पनि थुप्रै रहेका छन् । जसमध्ये सडकको धुम्तीमा ट्राफिक संकेत, सडकमा सडक रेखा, पुल नजिक संकेत बे्रकर भएको ठाउँमा सोको संकेतहरु सडकज डिभिजन कार्यालयले समयमै यसको समाधान नगरिदिँदा यसले ठूलै दुर्धटना निमत्याउनेछ ।’

यस सम्बन्धमा सडक डिभिजन प्रमुख दिनेश अर्यालले काम भइरहेको बताए पनि स्पष्टहरुमा कुरा राख्न मानेन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.