
हुलाकी न्यूज, बीरगञ्ज १७ भदौ । तेस्रो मधेश आन्दोलनका सहिदहरुको सम्झनामा जारी सहिद सप्ताह अन्तरगत शुक्रबार तेस्रो दिन बृक्षारोपन गरिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीरगञ्जले सहिदहरुको सम्झनामा शुक्रबार विक्षारोपन गरेको फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले बताए ।
आन्दोलनको क्रममा प्रहरीद्धारा हत्या गरिएका सहिदहरुको समाधीस्थल मै बिहान बृक्षारोपण गरेको हो । मोर्चा आवद्ध नेपाल सद्भावना पार्टीका माहासचिव शीव पटेलको नेतृत्वमा बृक्षारोपण गरिएको यादवले बताए ।
‘मधेशी वीर सहिदहरुको सम्झना हामीले बृक्षारोपण गरेका हौं,’ नेता यादवले भने, ‘सहिदहरुको पार्थिव शरीरलाई दाहसंस्कार गरिएको ठाउँमा बृक्षारोपण गरियो ।’
वीरगन्ज उपमाहानगरपालिका वडा नम्बर २२ विन्दवासिनीको तिलावे नदीको किनारमा बिभिन्न जातको रुख रोपिएको हो । शान्तिपूर्ण आन्दोलनलमा गत वर्ष स्थानीय प्रसाशनले २०७२ भदौ १४ घोषणा गरेको कफर््युको समयमा राधेमाई चोकमा बिद्यार्थी दिलिप चौरसिया प्रहरी गोलीबाट मारिएका थिए ।
घट्नाको बिरोधमा भदौ १५ मा कर्फु अवज्ञा गरी भएको प्रदर्शनमा प्रहरीको गोलीले अरु थप चार जनाको मृत्यु भएको थियो । राधेमाई बस्ने धर्मराज सिंह, नगवा बस्ने सोहन साह, र बारा नौतन घर भएका दिनानाथ साह र भोला साह लक्षुमनवा चोकमा प्रहरीबाट मारिएका थिए ।
त्यस्तै संबिधान जारी भएको दिन असोज ३ गते कालो दिविसको प्रदर्शनमा गीतामन्दिर रोडमा भएको प्रदर्शनमा गोली लागि पकहा मैनपुरका सत्रुधन पटेल मारिएका थिए ।
बृक्षारोपण कार्यक्रममा नेता पटेल र यादवसंगै पुर्वराज्यमन्त्री करिमा बेगम, फोरम नेपालका प्रदेश सचिव सलाउद्दीन अहमद, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष विरेन्द्र यादव, मधेशी जनाधिकार फोरम गणतान्त्रिकका जिल्ल अध्यक्ष मुस्तकिम अन्सारी, सचिव नेक महमद, नेपाल सद्भाना पार्टीका जिल्ला अध्यक्ष मनोज कर्ण, केन्द्रिय सदस्यहरु जयमंगल सिंह तथा संजय पाण्डेय, जिल्ला सचिव कृष्णा पटेल, युवा नेताहरु इश्वरचन्द्र यादव, धर्मेन्द्र पटेल, छोटेलाल यादव, वीरेन्द्र यादव, दिपक यादव, महिला नेतृहरु रेखा साह, मुन्नी श्रीवास्तव, अनिता रौनियार संगीस्ता तिवारी लगायको उपस्थिती थियो ।



