Sahid_saptah
हुलाकी न्यूज, बीरगञ्ज १६ भदौ ।
तेस्रो मधेश आन्दोलनमा प्रहरीद्वारा हत्या गरिएका सहिदहरुको सम्झनामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले सहिद सप्ताह मनाउँदैछ । सहिद सप्ताह अन्तरगत विहीबार दोस्रो दिन विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

मोर्चाले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्दै स्वास्थ्य लाभको कामना गरिएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले बताए । यादवको नेतृत्वमा अस्पताल पुगेका मोर्चाका नेता कार्यकर्ताले तीन सयभन्दा बढी विरामीलाई फलफुल वितरण गरी सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पुर्व घोषित कार्यक्रम अन्तरगत बुधबार वीरगन्जको घण्टाघर चोकमा दीप प्रज्वलित गरी सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो भने विहीबार अस्पतालमा फलफुल वितरण गरिएको छ ।

कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव शिव प्रसाद पटेल, फोरम नेपाली केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री करिमा बेगम, फोरम नेपाल वीरगन्ज नगर अध्यक्ष राजुदिन बाबु, फोरम नेपालका प्रदेश सचिव महम्मद सलाउदिन, सदभावना पार्टीका ईश्वर यादव, रेखा साह, नेपाल सदभावना पार्टीका जिल्ला सचिव कृष्ण पटेल, मुनी श्रवास्तव फोरम गणत्रान्त्रिका जिल्ला अध्यक्ष मुस्तकीम अन्सारी, तराई मधेश सदभावनाका जिलला अध्यक्ष बिरेन्द्र यादव युवा फोरम नेपालका जिल्ला अध्यक्ष शेख जलसुदिन, समाजबादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सचिव आमोद यादवलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.