Bodyशैलेन्द्र क्रान्ति, जनकपुरधाम १६ भदौ । जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा.विजय सिंह र डा.शिला सिंहको लापरवाहीले बच्चा र आमाको मृत्यु भएको छ । ती डाक्टरहरुले पेटको शल्याक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पाठेघर निकालेपछि महोत्तरी भरतपुर ४ की २६ वर्षकी चन्द्रकला पासवानको मृत्यु भएको परिवाजनले जनाएका छन् ।

चन्द्रकलालाई व्यथा लागेपछि गएको सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । समय पुग्दा पनि २४ घण्टासम्म समान्य रुपमा बच्चा जन्मन नसके पछि मंगलबार राति साढे ८ बजे शल्यक्रिया गरी बच्चा निकाल्न अपरेशन कक्षमा लगिएको थियो ।

आफन्त अनिल पासवानका अनुसार प्रसुति रोग विशेषज्ञ डा.शिला सिंहले चन्द्रकलालाई शल्यक्रिया गरी बच्चाको स्थानमा पाठेघर नै झिके पश्चात रक्तश्राव शुरु भएको थियो । त्यसपछि डा.सिंहले. बच्चा पेटबाट निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो । रक्तस्रावको कारण चन्द्रकलालाई ७ पोका रगत चढाईएको उनका काका अनिल पासवाले बताए ।

डा.सिंहले पाठेघर झिकेकाले अत्यधिक रक्तश्राव भई बुधबार विहान चन्द्रकला गम्भीर भएपछि उनलाई यहाँ उपचार सम्भाव नहुने भन्दै अञ्चल अस्पतालले जानकी मेडिकल कलेज रमदैयाद्वारा जनकपुरमा सञ्चालित सिटी होस्पिटल जनकपुरमा विहान १० बजे रेफर गरिएको थियो ।

सिटी होस्पिटलमा उचारको लागि लग्ने क्रममै चन्द्रकलाको मृत्यु भएको परिवारजनले जनाएको छ । चन्द्रकलाको दुई छोरी रहेको छ । अञ्चल अस्पताल र डाक्टरको चरम लापरबाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनाले आरोप लगाउदै दोषी डाक्टरलाई कारबाही र क्षतिपुर्तिको माग गरेका छन् ।

यता जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीडेन्टेन्ट डा.गौराग मिश्राले चन्द्रकालको समान्य रुपमा बच्चा नजन्मेपछि डा.शिला सिंहले शल्यक्रिया गर्न लागेको थियो । उनका अनुसार पेट खोलेपछि पाठेघर फाटेको थियो । पाठेघर फाटेको अवस्थामा हटउँनु पर्ने हुँदा अर्का प्रशुति रोग विशेषज्ञ डा.विजय सिंहलाई बोलाएर दुवै जनाले तीन घण्टा लगाएर शल्यक्रिया सफल गरिएको थियो । शल्यक्रिया पश्चात चन्द्रकलाको अवस्था ठीक भएको र रगत अभावको कारणले उनको ज्यान गएको मेसु मिश्रले बताए । यस विषयमा शल्यक्रिया गर्ने डाक्टरहरुसँग स्पष्टिकरण मागिएको र गलत गरेको ठहरे कारबाही गर्ने मिश्रले बताए ।

स्थानीयबासीहरुका अनुसार पछिल्लो समय जनकपुर अंचल अस्पतालमा लापरबाही बढ्दै गएको छ । जसकारण समयमा उपचार नपाउँदा विरामीहरुको मृत्यु हुने गरेको छ । उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना हुने विरामीहरु समयमा उपचार नपाएपछि अन्य निजी क्लिनिक र नर्सिंगहोममा गएर उपचार गराउने गरेका छन् । डाक्टर र नर्सहरु अस्पतालको डिउटीको समयमा बढी समय निजी क्लिनिक र प्राइभेट होस्पिटलहरुमा दिन थालेका छन् । यसकारणले दिनदिनै जनकपुर अञ्चल अस्पतालको अवस्था धारासायी बन्दै गएको छ । श्रोतः मिथिलाञ्चल एफएम

2 COMMENTS

  1. janakpur ka doktor haru ta sarbasadharan ko jyan lina ta sadharan kuro ho yo kunai naya naulo kuro hoena hajur……mahine piche janakpur ma doktor ko lapar bahi le kayau ko jyan jane garxa….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.