kamal thapa
हुलाकी न्यूज, सप्तरी १५ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संशोधनको नाममा मधेशी दलहरुलाई बेबकुफ बनाएको बताएका छन् ।

राजविराजमा बुधबार संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले मधेशवादी दलको माग अनुरुप ल्याउने भनिएको संविधान संशोधनको प्रस्ताव देखावटी मात्र रहेको आरोप लगाएका छन् ।

उनले संविधान संशोधनको कुरा अरु केही नभई मधेशवादी दललाई बेबकुफ बनाउने काम मात्र भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपरिपक्क र अदूरदर्शिता देखाएको आरोपसमेत थापाले लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.