
हुलाकी न्यूज, काठमाडौं १५ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीको प्रवक्तामा विमल प्रसाद श्रीवास्तव चयन भएका छन् ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरले बुधबार जारी गरेको एक सूचनामा श्रीवास्तवलाई प्रवक्तामा चयन गरेको उल्लेख छ ।
तमलोपाको विधान, २०६४ को पहिलो संशोधनको दफा १४ (ग) अनुसार प्रवक्तामा श्रीवास्तवलाई चयन गरिएको हो ।
प्रवक्ता चयनसँगै तमलोपाको केन्द्रीय पदाधिकारी चयन पूरा भएको छ ।



