madhesh-aandolan-black-day-new-constitution-naya-sambidhan-ashoj-3-nepal-2
हुलाकी न्यूज, काठमाडौं १५ भदौ ।
नयाँ संविधान घोषणा भएको दिन असोज तीन गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित मधेशी–थारु आवद्ध संघ–संस्थाहरुले कालो दिवस मनाउँदैछन् । यता नेपाल सरकारले संविधान जारी भएको अवसरमा तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

तीन दिनसम्म संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मुल आयोजक समिति बनाइएको छ । आगामी असोज २, ३ र ४ गते देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइनेछ । उक्त समितिमा प्रधानन्यायधीश, सभामुखसहित उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, राज्यका प्रमुख निकायका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

असोज ३ गते विहान ८ बजे सैनिक मञ्च टुडिखेलमा राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा मूल समारोहको आयोजना गरिने जनाइएको छ ।

यसअघि नै मधेशी मोर्चाले संविधान जारी भएको दिनको सम्झनामा कालो दिवस मनाउने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.