bodies-Birgunj
हुलाकी न्यूज, बीरगञ्ज १५ भदौ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले सहिद सप्ताह मनाउने भएको छ । वीरगन्जमा बसेको मोर्चाको बैठकले सहिद सप्ताह मनाउने निर्णय गरेको संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले हुलाकी न्यूजलाई बताए ।

यादवकै अध्यक्षतामा बुधबार वीरगन्जमा बसेको बैठकले तेस्रो मधेश आन्दोलनको क्रममा पर्साको सदरमुकाम वीरगन्जको विभिन्न स्थानमा राज्यद्वारा हत्या गरिएका सहिदरुको सम्मानमा सप्ताह व्यपारी कार्यक्रम गर्ने निर्णय गरेको हो ।

मधेश आन्दोलनका क्रममा बीरगञ्जमा प्रहरीको गोलीबाट मारिएका दीलिप चौरसीया, धर्मराज सिंह राजपुत, दिनानाथ साह गोढ, भोला साह कानु, सोहन साह कलवार, सत्रुधन पटेल, चन्दन पटेल ,आसिश रामलगायतको बलिदानीको कदर गर्दै मोर्चाले सहिद सप्ताह मनाउन लागेको यादवले बताए ।

बुधबारको बैठकबाट मोर्चाले गरेको निर्णय अनुसार भदौं १५ गते सांझ ६ः३० बजे वीरगन्जको घण्टाघर चोकमा दिप प्रज्वलन गर्ने, भदौं १६ गते विहान ७ बजे वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत विरामीलाई फलफुल वितरण गरी स्वास्थ्य लाभको कामना गर्ने, भदौं १७ गते पर्साको अलौंमास्थित समाधी स्तलमा विहान ७ बजे वृक्षा रोपन गरी सहिदप्रति सम्मान प्रकट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, भदौं १८ गते वीरगन्जको कुमु प्यालेसमा दिउँसो ११ बजे बुद्धिजिवी, प्रध्यापक, नागरिक समाज तथा राजनीतिक दलहरुबीच वृहत अन्तरक्रिया गर्ने, भदौं १९ गते वीरगन्जको घण्टाघर चोमका विहान ८ बजेदेखी बेलुका ६ बजेसम्मा मधेश आन्दोलन बारे फोटो प्रदर्शनीको आयोजन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी भदौं २० गते वीरगन्जको श्रीपुरस्थित ओम इन्टरनेशनल एकेडमीमा विद्यार्थीहरुबीच निवन्द प्रतियोगिता गर्ने, भदौं २१ गते वीरगन्जको घण्टाघर चोकमा मधेश आन्दोलनको क्रममा शहाद प्राप्त गरेका सहिदहरुको श्रद्धान्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल सदभावना पार्टीका महासचिव शिव प्रसाद पटेल, संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव सदाउदिन अहम्मद, सदभावना पार्टी पर्साका जिल्ला सचिव राजेश साह, सदभावना पार्टीका धर्मेन्द्र पटेल, तमसपाका श्रीराम गिरी, नेपाल सदभावना पार्टीका पर्सा जिल्ला सचिव कृष्णा पटेल, सदभावना पाटीका अनिरुद्ध प्रसाद कलवार, रामसपा उमेश सहनी, फोरम नेपालका नेता दीपक यादव, तमसपाका नेता राजेश यादवलगायतको उपस्थिति रहेको थियो ।

Birgunj_morcha

Cover photo : file

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.