
हुलाकी न्यूज, धरान १४ भदौ । वर्तमान संविधानलाई जनताले बहिष्कार गरेकोले कुनै पनि हालतमा यो संविधान लागू हुन नदिने चेतावनी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएका छन् ।
धरानमा मंगलबार आयोजित एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी मोर्चाका नेतासमेत रहेका यादवले यो संविधानलाई जनताले बहिष्कार गरिसकेकोले लागू गर्ने प्रयास गरे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनले प्रचण्ड नेतृत्वको सरकार निर्माणका लागि मधेशी मोर्चा÷संघीय गठबन्धनसँग भएको तीन बुँदे सहमति लागू गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।
उनले संविधान सर्वस्वीकार्य बनाउनका लागि संशोधन गर्नुको कुनै विकल्प नरहेको ठोकुवा गरेका छन् ।



