हुलाकी न्यूज, लण्डन १ आश्विन । लण्डनमा रहेका मधेशीहरुले मधेश–थरुहटमा जारी आन्दोलनमा भइरहेको प्रहरी दमनको विरोधमा व्रिटिस पार्लियामेन्ट अगाडि प्रदर्शन गरेका छन् ।
लण्डनमा रहेका मधेशीहरुको छाता संगठन नेपलीज मधेशी इन यूके (एनमुक)को नेतृत्वमा प्रदर्शन भएको हो ।
एनमुकका अनुसार मधेशमा भइरहेको मानवअधिकार हननको घटना तथा प्रहरी दमनको विरोध गरिएको छ ।
प्रदर्शनमा मानवता रक्षाका लागि नेपाल सरकारको राज्य आतंक विरुद्ध बोल्न आग्रहसमेत गरिएको छ ।






