
हुलाकी न्यूज, भक्तपुर १४ भदौ । संविधान संशोधनका लागि नेकपा एमाले कदापि पनि तयार नहुने नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको एक कार्यक्रममा एमाले नेता ज्ञवालीले जायज मागबाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संविधान संशोधनको कुरा भइरहेको आरोप लगाए ।
ज्ञवालीले मधेशी मोर्चाका केही नेताहरुको ब्यक्तिगत मागलाई मधेशी जनताको माग भन्दै संबिधान संशोधन गर्नु गलत हुने बताए ।
उनले एमाले जसरी पनि निर्वाचन हुनु पर्ने पक्षमा रहेको र संबिधान कार्यान्वन र यसको रक्षाका लागि समेत निर्वाचन अपरिहार्य रहेकाले निर्वाचन गराउनु पर्ने भन्दै यदि निर्वाचन नभए देशमा संवैधानिक संकट देखिने र यसले संविधान कार्यान्वयनमा अप्ठेरो स्थिति श्रृजना गर्ने दाबी गरे ।



