Suresh_mandal
हुलाकी न्यूज, काठमाडौं १४ भदौ ।
समानुपातिक–समावेशीका लागि संघर्ष गर्दै आएको तराई–मधेश लोकतान्त्रिक पार्टी आफैले समावेशीताको सिद्धान्तलाई नजरअन्दाज गरेको आरोप पार्टीका युवा नेताहरुले लगाएका छन् ।

महाधिवेशनको करिब दुई महिना पछि दोस्रो पटक पदाधिकारीहरु चयन गर्दा पनि पार्टीलाई समावेशी बनाउन नसिएको गुनासो युवा नेताहरुले गरेका छन् ।

मधेशमा सबभन्दा अधिक जनसंख्या रहेको थारु समुदायबाट एउटा पनि पदाधिकारी नपर्नु, दोस्रो ठूलो जनसंख्या रहेको मुस्लिम समुदायबाट पनि पार्टी पदाधिकारीमा नपर्नु र तेस्रो ठूलो जनसंख्या रहेको दलितबाट पनि पदाधिकारीमा नपर्नुले तमलोपालाई समावेशी विरुद्धको सिद्धान्तमा चलाउन खोजिएको आरोप युवा नेता सुरेश मण्डलले लगाएका छन् ।

बर्तमान १३ जना पदधिकारीमा मधेसको पहिलो जनसङ्ख्या ( १८ लाख ) भएको थारु समुदाय एउटा पनि नपर्नु, दोस्रो मुस्लिम (१४ लाख्) एउटा पनि नपर्नु, तेस्रो दलित ( १० लाख ) एउटा पनि नपर्नु तर मधेसकै सबभन्दा पुच्छार मध्येको एक जाती जसको जनसङ्ख्या १ लाख पनि छैन ( मधेसी ब्राम्हण ) बाट ७ जना (बहुमत) पदाधिकारी न्युक्त गरेर कुन चांही समानुपातिक समाबेसीको मोडेल प्रस्तुत गर्नखोज्नु भएको हो ?’

तमपोलाको यस किसिमको पार्टी संरचनाले मधेश मुक्ति हुन नसक्ने आरोप पनि मण्डलले लगाएका छन् ।

त्यस्तै समाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै नेता मण्डलले लेखेका छन्, ‘तमलोपाको ७४ सदस्यीय कार्यसमिती महाधिबेसनको २ महिनापछि सार्बजनिक गरिएको छ । नामावली हेरेर किंकर्तब्यबिमुढ र बिस्मित भए । जनलज्जाको समेत खयाल गरिएको छैन । यसो बिचार गरे, तमलोपामा यो के भईरहेको छ ? पार्टी समाप्त पार्न नेतृत्व स्वयं नै किन कस्सिएका छन ? संसार नै समानुपातिक समाबेसीको बाटोमा अघि बढिरहेको बेला तमलोपा स्वयंमले अंगिकार गरेको समानुपातिक समाबेसी सिद्धान्तको खिल्ली उडाउन किन तल्लीन छ ?’

अगाडि उनले थपेका छन्, ‘मधेसको धारातलिय यथार्थ र समाजिक संरचना बिरुद्ध किन एउटै जातको पार्टी बनाउन खोजेको हो ? मधेस र मधेसीसंग बिभेद भयो, राज्य समाबेसी चरित्रको भएन, एउटै जात र समुदायको हालिमुहाली भयो यि र यस्तै प्रश्णहरुको उत्तर दिन, तमलोपाको जन्म भएको हो र यही कुरा तमलोपाको अवधारणापत्र, बिधान र घोषणापत्रमा पनि उल्लेख छ । तर पनि किन आफ्नै Guiding Principle बिरुद्ध तमलोपा नेतृत्व गइरहेको छ ? कुरा बुझिनसक्नु छ । बर्तमान १३ जना पदधिकारीमा मधेसको पहिलो जनसङ्ख्या ( १८ लाख ) भएको थारु समुदाय एउटा पनि नपर्नु, दोस्रो मुस्लिम (१४ लाख्) एउटा पनि नपर्नु, तेस्रो दलित ( १० लाख ) एउटा पनि नपर्नु तर मधेसकै सबभन्दा पुच्छार मध्येको एक जाती जसको जनसङ्ख्या १ लाख पनि छैन ( मधेसी ब्राम्हण ) बाट ७ जना (बहुमत) पदाधिकारी न्युक्त गरेर कुन चांही समानुपातिक समाबेसीको मोडेल प्रस्तुत गर्नखोज्नु भएको हो ?’

पदाधिकारी चयनको जिम्मेबारी दिइएको पार्टी अध्यक्ष प्रति प्रश्न तेर्सयाउँदै मण्डलले लेखेका छन्,‘७४ जनाको कार्यसमितिमा २० जना ब्राम्हण कुन बिधान टेकेर भर्ती गर्नुभएको हो ? तपाईले पढ्नु भएको समानुपातिक समाबेसीको परिभाषा यही हो ? तपाइले मधेसी जनतालाई दिने समाजिक न्याय यही हो ? तपाईले मधेसी जनतालाई देखाएको मधेस मुक्तिको सपना यही हो ? यसरी सफल हुन्छ मधेस मुक्ती आन्दोलन ? तपाईले राज्य समक्ष माग गरेको राज्यको हरेक अंग, तह, र निकायमा मधेसी, आदिवासी जनजाती, दलित, महिला र मुस्लिमको समानुपातिक समाबेसीकरणको एजेण्डा पहिला आफ्नै पार्टी्भित्र लागु गर्नुहोस । भनिन्छ, “संसार बदल्नु छ, सुरु आफैंबाट गर्नुछ्“ । पहले अपना घर बनाइए फिर देस बनानेको चलिएगा ।’

4 COMMENTS

  1. बातें तो सहि कि मण्डल जी ने पर उनका एक चिज समझ नहीं आया। मण्डल जी से मैं पुछना चाहता हु कि तमलोपा तो मधेशी जनता को नेपाल में हि अधिकार दिलाना चाहते हैं तो क्या यह सम्भव हैं? अगर सम्भव हो भि जाए तो क्या नेपाली सम्राज मे यह दिर्घ कालिन रहेगा? जब पुरि दुनिया जानति हैं कि मधेश एक उपनिवेश राष्ट्र है नेपाल की। तो इसका तो एक हि समाधान हैं; स्वतन्त्रता। मधेशको स्वतन्त्र राष्ट्र के रुपमे स्थापना करना हि उत्तम मार्ग हैं। फिर मण्डल जी आपने कैसे स्वीकार करलीया गुलाम बनके रहने की?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.