abhishek pratap shah
हुलाकी न्यूज, काठमाडौं १३ भदौ । मधेश आन्दोलनको क्रममा शहीद भएको रुपन्देहीका रामेश्वर पासीको घर निर्माणका लागि संघीय समाजवादी पार्टीका नेता तथा सांसद अभिषेक प्रताप शाहले छत ढलानका लागि नगद नगद ३० हजार रुपैयाँ सहयोग गरेका छन् ।

थर्ड एलायन्सका क्षेत्रीय मानव अधिकार संयोजक शैलेन्द्र अम्वेडकरको संयोजनमा २ महिना पहिला देखी र्निमाण शुरु भएको घरको छत ढलान गर्नका लागि उक्त सहयोग गरेका छन् ।

ambuja cement

यसैगरी, अम्बुजा सिमेन्ट कारखानाका म्यानेजर राजकुमार गुप्ताले शहीद पासीको घरको छत ढलानका लागि २२ हजार मुल्य बराबरको ४० बोरा सिमेन्ट सहयोग गरेका छन् ।

आर्थिक स्थिति अति कमजोर रहेको र ४ जना साना साना बच्चा रहेको र वस्ने घर नभए पछि थर्ड एलायन्सका क्षेत्रीय मानव अधिकार संयोजक अम्वेडकरको संयोजनमा घर र्निमाण कार्य शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.