????????????????????????????????????

हुलाकी न्यूज, काठमाडौं १३ भदौ । कानुनमन्त्री अजयशंकर नायकले मधेशीको पक्षमा संविधान संशोधनको प्रस्तावको अन्तिम तयारी भइरहेको जनाएका छन् ।

रिपोर्टर्स क्लबमा सोमबार आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री नायकले असन्तुष्टहरुको माग सम्बोधन गर्न सरकारले छिट्टै संशोधन प्रस्ताव अघि बढाउने जनाए ।

उनले अघि थपे, ‘समय तोक्दिन तर छिट्टै संशोधन प्रस्ताव अघि बढ्छ, दलहरुबीच आन्तरिक छलफल चलिरहेको छ, एउटा निष्कर्ष आएपछि यो प्रक्रिया अघि बढ्छ ।’

संविधान संशोधनमा एमालेले नसघाउने निर्णय गरेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘एमाले पनि यो देशको जिम्मेवार पार्टी, उसले सहयोग गर्छ भन्नेमा म चाहीँ आशावादी छु ।’ उनले एमालेका नेताहरुले राष्ट्रिय नेताको भूमिका निर्वाह गर्नुपर्ने समेत बताए ।

संविधानप्रति असन्तुष्ट मधेशी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको उल्लेख गर्दै मन्त्री नायकले भने,‘सरकारले महत्वपूर्ण निर्णय गरिसकेको छ, अब मधेशको समस्या साधान हुन्छ भन्नेमा म पुर्ण विश्वस्त छु, यो कुरा स्वयम मोर्चाका नेताहरुले पनि महशुस गर्नुभएको छ ।’

मधेश लगायत सबैको समस्या समाधान गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गम्भिर रहेको उनको विश्वास थियो । उनले अघि थपे,‘प्रधानन्त्रीज्यूले प्रशंसनीय कदम चाल्नुभएको छ । उहाँले सबैलाई मिलाएर लैजान सक्नुहुन्छ ।’

सरकारको प्राथमिकतामा सुशासन, भुकम्पपछिको मुलुकको पूर्ननिर्माण, जनतालाई प्रत्यक्ष राहत हुने कार्यक्रम र आर्थिक समृद्धि रहेको उल्लेख गर्दै यही दिशामा काम भैरहेको जनाए ।

उनले भने,‘जनतालाई प्रत्यक्ष राहत दिने कुरामा सरकार पूर्ण जिम्मेवार छ, हामी सुशासनदेखि मुलुक समृद्धि यही सेरोफेरोमा सम्भब छ भन्ने हिसावले काम गरिरहेका छौं, सबैको साथ र सहयोग आवश्यक छ ।’

कार्यक्रममा क्लबका अध्यक्ष ऋषि धमलाले मन्त्री नायकलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । धमलाले सरकारसामु महत्वपूर्ण चूनौति खडा रहेको उल्लेख गर्दै मुलुक र जनतालाई राहत दिनेगरि काम गर्न मन्त्रीलाई आग्रह गरे ।

1 COMMENT

  1. Auta compalen Qatar ma vaako nepal embassy ko yo 4number hernus ra purai farma 1dekhi 11 samhernus ra HAMRO SAMSIYA LAE BUKHANUS embassy hamro subidha ko lagi ho Dukha kolagi hain sir

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.