truck
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर १३ भदौ । कानुनी प्रावधान अनुसार जेष्ठ, असार, साउन र भदौ महिनासम्म कुनै पनि स्थानको गिट्टी बालुवा पाइदैन । कुनै पनि बेला निजी जग्गाको गिट्टी बालुवा उत्खनन गर्नसमेत प्रशासनको अनुमति लिनु पर्दछ ।

तर धनुषाको नक्टाझिज विश्वकर्माचोकदेखि पश्चिम खोला किनारमा अहिले पनि दिउँसै उत्खनन र ओसारपोसार गरिरहेको बेला ईलाका प्रहरी कार्यालयले सोमबार बिहान दुई वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरद्धारा चेकजाँच भईरहेको क्रममा गिट्टी बालुवा लोड भएको र केहि कागजात नभएको ज १ त ३५२० र ज १ त ८५३१ नम्बरका ट्रयाक्टरलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण सिंह ठकुरीले जनाएको छ ।

निरीक्षक ठकुरीका अनुसार पक्राउ परेका दुई वटै ट्रयाक्टर चालकलाई जिल्ला विकास कार्यालय धनुषाबाट जरिवाना रसिद कटाएर आए पश्चात छोड्ने निरिक्षक ठकुरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.