bus accident
हुलाकी न्यूज, रौतहट १३ भाद्र । बस त्रिशुली नदीमा खस्दा भएको दुर्घटनामा परि ज्यान गुमाएकाहरु प्रति रौतहट जिल्लाका मुडवालवा गा वि स मा आइतवार बेलुका दीप प्रज्वलन गरि श्रदान्जली दिइएका छन् ।

विहिवार राती चितवनको चण्डीभाज्यंगमा ग १ ख ३७०९ नम्बरको बस दुर्घटना हुँदा मुडवालवा गाउँका ५ जना युवक सहित २२ जनाको मृत्यु भएका थियो भने १६ जना घाइते भएका थिए ।

५ जना कर्णधार युवकको निधन पछि शोकमा डुबेका गाउ कै युवाहरुले ५ हजार मैनवती जलाएर श्रदान्जली दिएका हुन् ।

दुर्घटना परि गायव रहेक स्थानीय वार्ड नम्बर २ निवासी राम बालक जैसवाल ,३ निवासी रविरंजन यादव ८ निवासी मुकेश रामको छिटै खोजतलाश गरि अवस्था सार्वजनिक गर्नका लागि नेपाल सरकार संग सहभागीहरुले माग गरेका छन् ।

घटनाको खवर सुने लगतै देखि गाउवासी शोकमा डुवेका छन् । मृत्यु हुनेहरुमा सवै घरका मुख्य व्यक्ति भई जिम्मेवारी बहन गर्दै आएकोले उनका परिवारको सहारा नै समाप्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.