Exif_JPEG_420

हुलाकी न्यूज, नवलपरासी १२ भदौ । हजयात्रीहरुको कोटा बढाउन माग गर्दै मुस्लिम समुदायले प्रदर्शन गरेका छन् ।

परासी बजारको बुद्धचोकबाट सुरु भएको सभा जिल्ला प्रशासन कार्यालयसम्म प्रदर्शन गरिएको थियो ।

नेपाल सरकारले मुस्लिमलाई हज गर्न कोटा निर्धारण गर्ने र मदरसा सञ्चालन गर्दा उपलब्ध गराउदै आएको पिसिएफ अनुदान रकम कटौती गरेर जिल्लाका मुस्लिम माथि अन्याय र विभेद गरेको आरोप प्रदर्शनकारीको थियो ।

जिल्ला प्रशासन कार्यालयले बेलामा हजका लागि आवेदन फारम नपठाइदिइने हुदा कोटा कटौती भएको र मदरसालाई अनुदान कटौतीबारे कुनै नीतिगत निर्णय नभए पनि जिल्ला शिक्षा कार्यालयले रकम कटौती गरेको हाजी इसहाक मियाले बताए । फोटो ः कोलियखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.