MPL
हुलाकी न्यूज, काठमाडौं १२ भदौ ।
मधेशको क्रिकेटलाई व्यवसायिक एवं विश्वस्तरमा पहिचान दिलाउन गतवर्षबाट सुरु भएको मधेश प्रिमियर लिग(एमपीएल)को दोस्रो सिजनको तयारी पुरा भएको छ ।

कार्तिक दुई गतेबाट सुरु हुने एमपीएलका खेलहरु जनकपुरधाम र राजविराजमा एकैसाथ हुने आयोजकले जनाएको छ ।

एमपीएल–२ का लागि क्रिकेट टिमहरुको दर्ता प्रक्रिया सुरु भएको छ । भदौ १० गतेदेखि आश्विन १० गतेसम्म टिम दर्ता गराउने अवधि रहेको छ ।

मधेशी इन्जिनियरर्स स्टुडेण्ट युनियनले आयोजना गर्न लागेको एमपीएलका प्रथम विजेता टिमलाई एक लाख, उपविजेतालाई ५१ हजार राशीको पुरस्कार दिइनेछ । अन्य पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ ।

मधेशका प्रत्येक जिल्लाबाट टिमहरु सहभागी हुने जनाइएको छ । एमपीएलका बारे विशेष जानकारीका लागि सोमबार राजविराजमा पत्रकार सम्मेलन गरिदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.