Gorebahadur_Khapangi
हुलाकी न्यूज, काठमाडौं १२ भदौ ।
मधेशी अथवा जनजातिले छुट्टछुट्टै संघर्ष गरेर अधिकार नपाउने भन्दै मधेशी र जनजातिबीच एकताको प्रयास गरेका नेता गोरेबहादुर खपाङ्गीको निधन भएको छ ।

नेता खपाङ्गीको शनिबार राती साढे १० बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

नेपालमा बहुदलिय व्यवस्था आएपछि नेता खपाङ्गी र स्व.गजेन्द्रनारायण सिंहले सहकार्य गरेका थिए ।

मधेशी जनजाति एकै साथ अगाडि बढ्नु पर्ने भन्दै धरानमा खपाङ्गी नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र सिंह नेतृत्वको नेपाल सदभावना पार्टीको एकैसाथ झण्डा राखिएको थियो । एउटै कार्यालयबाट संयुक्त रुपमा दुबै पार्टीको काम हुने गरेको थियो ।

नेता खपाङ्गीको निधनप्रति श्रद्धाञ्जली दिदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भन्छन्,‘जनजाति अगुवा नेता खपाङ्गीको निधनले मधेशीलाई ठूलो क्षति भएको छ । एउटा असल जनजाति मित्र गुमाएका छौं । २०४७–४८ तिर हामीले सहकार्य गरेका थियौं तर त्यसबेला काँग्रेस–एमालेले धरणमा मधेशी पहाडीको द्वन्द्व र्शिजना गरेर मधेशीलाई धपाए । त्यसपछि अन्य ठाउँमा पनि हामीले सहकार्यको प्रयास गर्यौ तर राज्यले सफल हुन दिएन ।’

केही वर्षपहिले दुर्घटनामा परेका खपाङ्गीको हाल पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा खपाङ्गीको साढे १० बजेरतिर निधन भएको गोरेबहादुर फाउन्डेसनले जनाएको छ ।

खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका थिए ।
Gorebahadur Khapangi

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.