
हुलाकी न्यूज, जनकपुरधाम १२ भदौ । विपरीत दिशाबाट आइरहेका धनुषामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जनकपुर–ढल्केवर सडकखण्डमा ज७प ५७१७ नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना३६प ९३१९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा सर्लाही गौरीशंकर गाविस १ का ३२ वर्षीय मुकेश चौधरी र अर्का एक जनाको सनाखत हुन नसकेको व्यक्तिको मृत्यु भएको छ । मृतक मुकेश चौधरीकी भाउजु सुष्मा चौधरी गम्भीर घाइते भएकी छन् ।



