
रंजन भण्डारी, महोत्तरी १२ भदौ । जनकपुर–भिठ्ठामोड सडक (विद्यापति राजमार्ग)को मर्मत सम्भारका लागि महोत्तरी–धनुषा संयुक्त संघर्ष समितिले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ ।
समितिले आज बिहान १०ः३० बजे महोत्तरीको सिडियोमार्फत र दिउँसो १ : ०० बजे धनुषाका सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ ।
जनकपुर–भिठ्ठामोड सडक लगायत विकास निर्माणका लागि सर्वपक्षीय र सर्वदलीय संघर्ष समिति निर्माण गरिएको छ ।
समितिका संयोजक रामकुमार शर्माले जो जुन दलमा लागे पनि विकासको मुद्दामा सबै राजनीतिक दल लगायत सम्पूर्ण एकजुट हुनुपर्ने बताएका छन् ।



