bara press mancha
हुलाकी न्यूज, कलैया ११ भदौ । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका भ्रातृ संगठन प्रेस मञ्च बारा जिल्लामा पनि विस्तार भएको छ ।

बारा जिल्लामा अनिल वर्माको अध्यक्षतामा १४ सदस्यीय प्रेस मंच गठन भएको छ । मंचका केन्द्रीय अध्यक्ष संतोष पटेलको सभापतित्व एवं सदभावना पार्टीका केन्द्रीय सदस्य रामबाबु साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

बाराको सदरमुकाम कलैया स्थित देवकीलाल धर्मशालामा जिल्लाका क्रियाशील संचारकर्मीहरुको उपस्थितिमा सर्वसहमतिबाट अध्यक्षमा अनिल वर्मा, उपाध्यक्ष साबिर अंसारी, सचिव राजु साह, सह सचिव रामबाबु गुप्ता, प्रवक्ता सन्जु कुमार राम, कोषाध्यक्ष रेम्बो गुप्ता, कार्यसमिति सदस्यहरुमा महेश कुशवाहा, अमरेश कुमार पाण्डे, गजेन्द्र कुशवाहा, रुपेश साह, मोहनलाल पंडित, केन्द्रीय प्रतिनिधि प्रवेश चौधरीलाई सर्वसहमतिले चयन गरिएको छ ।

गठन कार्यक्रममा सदभावना पार्टी बाराका उपाध्यक्ष किसुन प्रसाद यादव, सचिव अहम्द आलम ,महिला मंच बारा अध्यक्ष सायराबानो, युवा मंचका केन्द्रिय सदस्य लालबाबु यादव, बारा जिल्ला सचिव राहुल कुशवाहा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षक मंच बाराका अध्यक्ष अजय तिवारीले सहजीकरण एवं स्वास्थ्यकर्मी मंच बाराका अध्यक्ष रामदिनेश ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.