
हुलाकी न्यूज, काठमाडौं ११ भदौ । रौतहटबाट पोखराका लागि छुटेका बस दुर्घटनामा परी ज्यान गुमाएका परिवार र घाइतेहरुका लागि राहत उपलब्ध गराउन सांसद प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
सांसद साहको नेतृत्वको एक टोलीले शनिबार बिहान प्रधानमन्त्रीसँग भेट गरी सो आग्रह गरेको साहले हुलाकी न्यूजलाई बताए ।
प्रधानमन्त्री प्रचण्डले आफू सो घटनाप्रति चिन्तित रहेको बताए । उनले पछिल्लो समय बढेको सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेको साहले बताएका छन् ।
प्रधानमन्त्रीले दुर्घटना न्यूनिकरणको सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ भने छलफल गरिरहेको बताए ।



