
हुलाकी न्यूज, काठमाडौं १० भदौ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति काठमाडौंमा श्रद्धाञ्जली व्यक्ति गरिएको छ ।
शुक्रबार साँझ काठमाडौंको माईतिघर मण्डलामा युवाहरुले मैनबती प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मृतकहरुप्रति रौतहटसहित मधेशका विभिन्न जिल्लाका युवाहरु श्रद्धाञ्ली व्यक्ति गर्न सहभागी भएका थिए ।
गौरका विद्यार्थी बजरंगी गुप्ता तथा पत्रकार प्रविन टेबडेबालको सक्रियतामा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।
विहान भएको उक्त बस दुर्घटनामा २२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।




