हुलाकी न्यूज, काठमाडौं १ अश्विन । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को यूएई शाखाले जारी मधेश आन्दोलनमा मृत्यु भएकाहरुको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

संयुक्त अरब एमिरेट्स (युएई)मा रहेका मधेशीहरुबाट संकलित रकम जारी मधेश आन्दोलनमा सहिद भएकाहरुको परिवारका लागि राहत स्वरुप पठाइएको हो ।

उनीहरुले १३ सय अमेरिकी डलर मधेशी सहिद परिवारको सहयोगका लागि खोलिएको मधेश रिलिफ फण्डमा जम्मा गराएको एनआरएमए युएईका कोर्डिनेटर डा.रविन्द्र कुमार यादवले जनाएका छन् ।

एनआरएमए युएईले जारी मधेश आन्दोलनमा भएको प्रहरी दमनको भर्तसना गरेको छ । लोकतान्त्रिक आन्दोलनमा राज्यले देखाएको निरंकुश चरित्रको पनि निन्दा गरेको छ ।

संघले मधेश आन्दोलनमा राज्यले गरेको दमनले मधेश नेपालको उपनिवेश मात्र रहेको फेरि प्रमाणित भएको दाबी गरेको छ । मधेशमाथि औपनिवेशिक शासन कायम राख्न राज्यले निरंकुशताको हद पार गर्न सक्ने ठहर गर्दै संघले अधिकार र औपनिवेशिक शासनबाट मुक्तिको लडाईमा आम मधेशी जनताको साथमा उभिएको जनाएको छ । उसले आन्दोलनलाई शान्तपूर्ण तवरले अगाडि बढाउन आन्दोलनरत पक्षसँग पनि अपिल गरेको छ ।

यता एनआरएमए अन्तर्राष्ट्रिय समितिका सह–अध्यक्ष बशन्त कुशवाहाले राज्यको दमनको विरोध गरेका छन् । कुशवाहाले शान्तिपूर्ण आन्दोलनमा राज्यको तर्फबाट भईरहेको गोलीबारीलाई अन्तर्राष्ट्रिय निकायले नियाली रहेको बताउँदै सबै निकायले भत्र्सना गरेको जनाए ।

सह–अध्यक्ष कुशवाहाले आन्दोलनमा साहदत प्राप्त गरेका मधेशीहरुका लागि एनआरएमएले भावी दिनमा पनि कार्यक्रम तथा सहयोगहरु गर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.