
हुलाकी न्यूज, वीरगंज १० भदौ । महेन्द्र यादव नेतृत्वको तराई मधेश सदभावना पार्टी नेपालको पूरा जिल्ला कार्यसमितिले नै राजीनामा दिइसकेपछि पुनः पर्साको जिल्ला तदर्थ समिति गठन भएको छ ।
मधेशी पत्रकार समाज पर्साद्वारा शुक्रबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको ज्योति हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीका युवा नेता बिरेन्द्र यादवको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ ।
समाजका अध्यक्ष श्रवण प्रसाद साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक यादवले मधेशी जनताका हक अधिकारको पक्षमा अगाडि बढेका एजेण्डाहरुलाई लिएर पार्टीले सरकारलाई दबाब दिने प्रतिबद्धता व्यक्त गरे ।
नव गठित समितिका संयोजक बिरेन्द्र यादवले गठित समितिको सदस्यमा क्रमशः जवाहर अंसारी, राजेश यादव, श्रीराम गिरी, हरिनारायण यादव, चिरञ्जीवी पटेल, बिजय पटेल, योगेन्द्र पडित, अजय रौनियार, बिपिन यादव, राकेश साह सोनार, उदय सिंह, युनिस मिया हजाम, अनिता सिं र बृजेश गुप्ता रहेका छन् ।



