
हुलाकी न्यूज, काठमाडौं १० भदौ । मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेशका विवादित जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्रयाउनु पर्ने बताएका छन् ।
पार्टीको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गच्छदारले सिमाकंनका विषयमा देखिएका विवाद समाधान गर्न जिल्लाहरु टुक्रयाउनु पर्ने बताएका छन् ।
गच्छदारले मधेशी मोर्चाको माग सम्बोधन गर्न जिल्ला टुक्रियाउन आवश्यक रहेको दाबी गरेका छन् । गच्छदारका अनुसार मधेशी बाहुल्यको भाग मधेशमा र पहाडी बाहुल्यको भाग पहाडमा गाभिन सक्ने बताए ।
त्यस्तै गच्छदारले अव सरकारमा नजाने बताएका छन् । पार्टीलाई अपमान हुने खालको मन्त्रानलयका लागि बाँकी रहेकोले अव सरकारमा सहभागी नहुने गच्छदारले बताए।
शुक्रबारको पत्रकार सम्मेलनमा गच्छदार कालो टोपी लगाएर उपस्थित भएका थिए ।



