tata motors
हुलाकी न्यूज, भैरहवा १० भदौ । टाटा मोटर्सको आधिकारिक डिलर सफल अटो इन्टरनेशनल बुटवलले भैरहवामा एक्सचेञ्ज अफर कार्यक्रमको आयोजना गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त अफरमा पुराना गाडीहरुको उचित मुल्या◊नका साथै नयाँ गाडी खरीदमा नगद छुटको सुविधा समेत दिइएको थियो ।

तराई तथा पहाडमा चलाउन मिल्ने टाटा मोटर्सका जेष्ट, इण्डिका, स्ट्रोम, सुमो गोल्ड लगायत विभिन्न खालका चार पाङ्ग्रे गाडीहरुको विक्री वितरण गर्दै आएको टाटा मोटर्सले भैरहवा क्षेत्रका ग्राहकहरुको सुविधालाई लक्षित गर्दै एक्सचेन्ज अफरको आयोजना गरेको सफल अटो इन्टरनेशनल बुटवलका संयोजक (कोअर्डिनेटर) सन्दिप पोखरेलले जानकारी दिए ।

उनले आगामी दिनहरुमा पनि ग्राहकहरुको सुविधालाई ध्यानमा राखि एक्सचेञ्ज लगायतका विविध कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.