tamabi front
हुलाकी न्यूज, काठमाडौं ९ भदौ । तराई–मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले शिक्षण संस्थानहरुमा समावेशीको आधारमा विद्यार्थीको भर्ना एवं छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेश कार्यान्वयन हुनेमा आफूहरु आशावादी रहेका बताएका छन् ।

अध्यक्ष मिश्रले बिहीबार प्रेस विज्ञप्ति जारी सर्वोच्चको सो आदेशलाई स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् ।

मिश्रले सर्वोच्चको सो आदेशको कार्यान्वयन पक्ष मजबुत होस भनी आशा व्यक्त गरेका छन् ।

सर्वोच्चको फ्रन्टका केन्द्रीय अध्यक्ष मनिष कुमार मिश्रले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यो आदेशले देशभरका सम्पूर्ण मधेशी, आदिवासी जनजाति, अपाङ्ग, अल्पसंख्यक, दलित, महिला, पिछडिएका वर्गलगायत खुशी भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.