madheshi morcha
हुलाकी न्यूज, काठमाडौं ९ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले असोज ३ लाई कालो दिनको रुपमा मनाउने र मधेशभरि ब्लैकआउट गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मधेशी मोर्चाको शीर्षस्थ नेताहरुको बैठकले संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको हो ।

मधेसी मोर्चाले तीनबुँदे सहमति अनुसार मन्त्रिपरिषद्बाट गर्नु पर्ने निर्णयहरु अझैसम्म नभएको र भएका पनि अधुरो भएको भन्दै गृहकार्य गर्न कार्यदल गठनको प्रस्ताव गरेको छ ।

मधेसी मोर्चाले प्रदेशको सीमांकनबारे सहमति नभएसम्म स्थानीय निकाय पुनर्संरचना रोक्न माग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.