
हुलाकी न्यूज, सर्लाही, ९ भदौ । संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन समाजवादी युवा फोरम नेपालको सर्लाहीमा जिल्ला समायोजन समिति गठन भएको छ ।
सर्लाहीको मलंगवामा बुधबार आयोजित एक समारोहमा रामचन्द्र रायको अध्यक्षमा २५ सदस्यीय युवा फोरमको जिल्ला समायोजन समिति गठन गरिएको हो ।
देशव्यापी रुपमा युवा संगठनलाई समायोजन गर्ने अभियानअन्तर्गत तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल र खस समावेशी राष्ट्रिय पार्टीमा आबद्ध युवाहरुलाई समेटेर सर्लाहीमा समोजित जिल्ला कार्यसमिति गठन गरिएको हो ।
युवा फोरमका केन्द्रीय इन्चार्ज संजयकुमार यादवको प्रमुख आतिथ्यमा समायोजन कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै, विशिष्ठ अतिथिमा फोरम नेपालका केन्द्रीय सदस्य भाग्य नारायण यादव, फोरम नेपाल सर्लाहीका जिल्ला अध्यक्ष अशोक यादव, युवा फोरमका केन्द्रीय अध्यक्ष सुनिलकुमार चौधरी, महासचिव अजयकुमार यादव र युवा फोरमका उपमहासचिव दुर्गामणि सुवेदीको विशेष उपस्थिति रहेको थियो ।



