हुलाकी न्यूज, काठमाडौं १ अश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख तीन दलबीच आजै वार्ता हुने भएको छ । भारतीय विशेष दुत एस.जयशंकरको पहलमा आज एक बजे पछि मोर्चा र तीन दलबीच वार्ता हुनेछ ।
भारतका विदेश सचिव जयशंकर प्रधानमन्त्री र तीन दलका नेताहरुसँगको छलफल पश्चात मधेशी नेताहरुसँग दिवा भोज १ बजे गर्नेछ । त्यसपछि वालुवाटार अथवा कुनै होटेलमा तीन दल र मोर्चाको वार्ता हुनेछ ।
एमाले श्रोतले जनाएअनुसार वार्ता बारे मोर्चाका अध्यक्षहरुसँग केपी ओलीलगायतका नेताहरुले पनि टेलिफोन संवाद गरेको छ ।
यता भारतीय विशेष दुतको मध्यस्तामा वार्ता हुन लागेको श्रोतले जनाएको छ । यसअघि गिरीजा प्रसाद कोइरालाको समयमा पनि भारतले ८ बुँदे सहमति गराएको थियो ।
वार्ताका लागि जिल्लाबाट आए कर्ण
आज तीन दलसँग वार्ता हुने भएपछि सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मण लाल कर्ण बीरगंजबाट काठमाडौं आएका छन् । उनीहरु विहानको प्लेनबाट काठमाडौं आएका हुन् ।
EDITED सदभावना अध्यक्ष राजेन्द्र महतो जिल्लाको कार्यक्रमहरुमा व्यस्त रहेकोले सह–अध्यक्ष कर्णलाई पार्टीको तर्फबाट पठाइएको सद्भावनाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।




Hoshiyar. yo bharat le barta ma madesh lai dabauna khojexa. kailai pni bharat le madesh ko pax ma kehi grne wala xaina. kina bhane madesh sanga kae pni xaina bharat lai dine. baru bharat le satta pax ma nai nirnaya linexa. kina bhane modi le afno karyakal ma poora india lai electricity dine kura greka xan
हरेक कुटिल प्रयोग गरि गच्छेदार सहितको अन्य आन्दोलनरत दलहरुलाई पनि संविधान घोषणा दिनमा सरिक गराउन अति जरुरि छ! यो बिजय वा जित वास्तबमा आन्दोलनरत दलहरुको हो! संघियताको मुद्दा न त माओवादीको हो, न त एमाले वा कांग्रेशको नै हो! तसर्थ आन्दोलनरत दलहरु विनाको संबिधान घोषणा बिल्कुल निरश हुन्छ! सम्पूर्ण आन्दोलनरत दलहरुलाई संविधान सभामा उपस्थित भई जनतान्त्रिक प्रकिया मा आवध्य भई जनताले दियको मतको आदर गर्न अनुरोध गर्दछु! राजनीतिक प्रकिया सधै चल्ने गाडी भयको हुदा अपुग भयका विषयहरु आउने दिनहरुमा सदनको प्रयोग गर्दै लड्दै जाने हो!अब हिंशा र अशान्ति मुलुकले थेग्न सक्दैन! यसमा सबै को पराजय अनि हार निश्चित छ! दलहरुलाई नागरिकद्वारा प्रदत्त अधिकरको सम्मान गर्दै बहुदलिय शासन प्रकियामा सम्माहित हुदै सम्पूर्ण नागरिकलाई जोड्दै अघि बढौ! येसैमा नागरिक तथा मुलुकको जित छ!
Barta Saphal hos
नेपाली नागरिकता त्याग्ने मधेशी लाई चिठ्ठी
कुलंगार राजेन्द्र महतो अनि तिम्रा भरौटे हरु,
यो मन सार्है खुशी छ तिम्रो आजको निर्णय सुन्दा। लाग्छ मेरा कान आज यति धेरै पवित्र भएकी ७ वटा धाम घुमे जत्तिकै भयो तिमीले आफ्नो पहिचान देखाउदा। अप्रिय, कुलंगार राजेन्द्र महतो अनि तिम्रा भरौटे हरु ! किन एति ढिला गरेको एस्तो सुखद निर्णय गर्न ? वास्तवमा तिमि हिजो पनी युपी र बिहार मा रमाउने मान्छे, त्यहिको माटोमा हुर्केको, त्यही को संकार अनि संस्कृतीले हुर्काएको नागरिक, कहा तिम्रो मन ले मानेर नेपाली नागरिकता लिएको हो र ! तिमी लाई तिम्रा ठुल्दाजु भारत ले हप्काई-दप्काई गरी गरी जबर्जस्ति न पठाएका थिए। यो काम त आज भन्दा २-४ बर्ष अगाडि पो गर्नु पर्थ्यो त ! जे भएपनि तिम्रो सुद्दी फिरेछ। जाउ-जाउ ! आफ्नै गाउ घर रमाईलो नि यो नेपाल को मधेश भन्दा त ! बेकारमा नेपालीको छि;छि र दुरदुर सहनु भन्दा त आफ्नै बिहार, युपी मा राँगा जोतेको राम्रो नि। आज तिमि हुर्की सकेका छौ। अब त दाई लाई पानी किन टेर्नु ? दाईको एक्लै अंश खाने दाउ तिमीले बल्ल बुझे जस्तो छ। हुन पनी हो नि ! एउटै आमाका सन्तान कोही परदेशी भूमिमा हेपिएर बस्ने, कोही अंश खाने?
तिम्रो निर्णय एकदम सहि हो। तर मन बरालिदा यसो घुम्न चाही आउनु है हाम्रो मधेश मा। हाम्रा थारू को अत्वारी, माघी अनि मधेशी को छठ पर्व मा तिमीलाई निम्तो पठाउने छौ मित्र रास्ट्र को नाताले। अब देखि बिर्सेर पनी मा नेपाली हु भनेर नभनेस त्याहा गएर। कहिले काही सार्है मन चंचल भयो भने सपरिवार घुम्न आउनु हाम्रो तराई अनि मधेश मा ! तिमीलाई राम्रै स्वागत गरौला गक्ष ले भ्याए सम्म। अन्तिम जादै गर्दा तिमीले मंत्री हुदा कमाएको सम्पती यतै छोडेर जानु, नसके पछि कमाएर पठाए पनी हुन्छ, हामी तिम्रो बाटो छेक्दैनौ आज। लौ त तिम्रा सबै गल्ती माफ गर्देका छौ, राम्रो सग जानु, तिम्रो मंगलमय यात्रा को कामना !!!!
– उही तिमीहरुलाई छि;छि र दुर गर्ने मधेश का नेपाली