Press_manch_mahottari
हुलाकी न्यूज, जलेश्वर ८ भदौ ।
बुधबार एक कार्यक्रमका बिच प्रेस मञ्चको महोत्तरी शाखा गठन गरिएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा प्रमुख अतिथि पूर्व सञ्चार राज्यमन्त्री एवं सदभावना पार्टीकी केन्द्रिय सह महासचिव सुरिता साहको प्रमुख आतिथ्य तथा मञ्चका केन्द्रिय सहसंयोजक विन्द किशोर साह(किशोर गुरु)को विशेष आतिथ्यमा ९ सदस्यीय मञ्च घोषणा भएको छ ।

घनश्याम भगतको अध्यक्षतामा गठन भएको मञ्चको उपाध्यक्षमा दिपिका साह, सचिव अहिल्या शर्मा, सहसचिव नविन चौधरी, कोषाध्यक्ष खुश्वु साह तथा सदस्यहरुमा काजल गुप्ता, नरगिस भगत, रामवावु यादव र राम दुलार पासमान(अमन) रहेका छन् ।

त्यस्तै केन्द्रिय प्रतिनिधिमा पत्रकार रंजन भण्डारीलाई मनोनयन गरिएको केन्द्रीय सहसंयोजक साहले बताए ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पत्रकार महासंघ महोत्तरी शाखाका पुर्वअध्यक्ष हरि मण्डलले मधेशमा पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताउँदै नयाँ पुस्तालाई पत्रकारिताको बागडोर सम्हालन आग्रह गरे ।

मञ्चमा आवद्ध भएका सञ्चारकर्मीहरुले मधेश समस्यामाथि कलम चलाउन आफुहरु तत्पर रहेको बताउँदै आगामी दिनमा संगठनबाट आफुहरु थप उर्जा प्राप्त गर्ने बताए ।

पत्रकार मञ्चलाई सदभावना पार्टी निकट मानिदै आएको छ ।
Team_press

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.