Sunil_ranjan_singhहुलाकी न्यूज, काठमाडौं ८ भदौ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वयत्त क्षेत्र संख्या तथा सीमाना निर्धारण आयोगले दुई नम्बर प्रदेशको सम्पूर्ण जिम्मेबारी आयोगका सदस्य सुनिल रञ्जन सिंहलाई दिएको छ ।

स्थानीय तह पुर्नरसंरचना प्राविधिक सहयोग समितिबाट प्राप्त हुने प्रतिवेदनहरुको संकलन, विश्लेषण तथा सम्बन्धित प्रदेश अन्तरगतका जिल्लाहरुसँग समन्वयको जिम्मेबारी आयोगका सदस्यहरुलाई विभाजन गरिएको छ ।

उक्त कार्यविभाजन अनुसार दुई नम्बर प्रदेशको सम्पूर्ण जिम्मेबारी सिंहलाई प्रदान गरिएको छ । सिंहका अनुसार १५ गतेसम्म राजनीतिक दलहरुसँग सहमति गरेर अन्तिम टुँगो लगाइनेछ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै सिंहले राजनीतिक दलहरुसँग सहमतिको प्रयास भइरहेको र आयोग संबैधानिक भएकोले नियमानुसार काम गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.