birgunj
हुलाकी न्यूज, वीरगन्ज ८ भदौ । वीरगन्ज चिनी कारखानाको पाँच कठ्ठा जग्गा नेकपा माओवादी केन्द्रलाई दिने निर्णयको विरोध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त सरकारी जमिन माओवादीलाई दिने निर्णय गर्दै सरकारलाई सिफारिस गरेको छ ।

संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै माओवादीलाई जग्गा दिने सिडियोको निर्णयको विरोध मधेशी मोर्चाले गरेको बताए ।

यादवले भने, ‘सरकारी चिनी कारखानाको जग्गा कुनै पनि पार्टीलाई उपलब्ध गराउनु उपयुक्त होइन । यसो भए अन्य पार्टीहरुले पनि आफूखुसी सरकारी जग्गा कब्जा गर्नसक्ने छन् । तसर्थ, सिडियोले गरेको सिफारिस तुरुन्त रद्द गरिनुपर्छ ।’

फोरमका यादव, राष्ट्रिय मधेश समाजवादी पाटीका जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, तराई–मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिका मोस्तकिम अन्सारी फोरम, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष मनोज कर्ण, इम्दाद गद्दीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी उक्त निर्णयलाई अविलम्ब फिर्ता गर्न माग गरेको छ ।

सरकारी जग्गा फिर्ता नगरिए मोर्चाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

बैठकले बिरगन्ज उपमाहानगरपालीका बार्ड नम्बर १७ स्थित रहेको बिरगन्ज चिनी कारखानाको पछाडीमा रहेको ५ कठा जग्गा कुनै पार्टी विशेषलाइ उपलब्ध गराउने कार्य गलत भएको मार्चाको ठहर रहेको र निर्णय फिता नगरिए निर्णमा सहभागी रहेका जिल्ला प्रशासन कार्यालय लगायत सम्पूर्ण कार्यालयहरु घेराउ गरी कामकाजहरु ठप्प गरिने लगायतका चरणबद्ध आन्दोलनहरु गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.