
हुलाकी न्यूज, काठमाडौं ८ भदौ । तेस्रो मधेश–थरुहट आन्दोलनको क्रममा भएको टीकापुर विद्रोह पश्चात पक्राउ परेका मध्ये १९ जना शुक्रबार छुट्न सक्ने सम्भावना रहेको छ ।
सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको टीकापुर घटनाका १९ जना आरोपितमाथि मुद्दामा अधिकांश अधिवक्ताहरुले बहस सकिसकेका छन् ।
उक्त मुद्दामा बहस गरिरहेका अधिवक्ता दिपेन्द्र झाका अनुसार शुक्रबार शंकर लिम्बुले अन्तिम बहस गरे पछि पक्राउ परेकाहरु छुट्न सक्नेछन् ।
टीकापुर घटना गराएको आरोपमा प्रहरीले ५८ जनामाथि मुद्दा दायर गरेको छ । पक्राउ परेका मध्ये १९ जनामाथि सर्वोच्च अदालतमा थुनछेक बहस जारी रहेको छ ।
अधिवक्ता झाले हुलाकी न्यूजसँग भने,‘प्रहरी पक्षबाट ठोस प्रमाणहरु पेस हुन नसकेकोले अभियुक्त थारुहरु शुक्रबार रिहा हुने सम्भावना अधिक रहेको छ ।’



