Saptari_flood_victims
हुलाकी न्यूज, काठमाडौं ८ भदौ ।
सप्तरीका बाढी पीडितहरुको घर निर्माणका लागि अनलाईनमार्फत साँढे तीन लाखभन्दा बढी रकम संकलन भएको छ ।

अमेरिकामा बस्दै आएका सतेन्द्र साहले ‘गोफण्डमी’ अनलाईनमार्फत पीडितहरुका लागि रकम संकलन अभियान सुरु गरेका थिए ।

उक्त अनलाईनमार्फत विश्वभरीबाट ७३ जनाले ३ लाख ६७ हजार ६ सय ३६ रुपैया सहयोग रकम प्रदान गरेका छन् ।

राहत वितरणको संयोजन गरिरहेका सरोज रायका अनुसार उक्त रकम सप्तरीका बाढी पीडितहरुको घर निर्माणमा खर्च गरिनेछ ।

रायले हुलाकी न्यूजसँग कुराकानी गर्दै उक्त रकमबाट पहिलो चरणमा २० जनाको घर निर्माण गरिनेछ । अहिले क्षति भएका घरहरु बारे जानकारी संकलन भइरहेको बताउँदै रायले जस्तापाता र बाँसबाट घर निर्माण गरिने बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यलय सप्तरीले पीडितहरुको घर निर्माणका लागि श्रम तथा ढुवानीमा सहयोग गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.