nawalparasi
रबिन्द्र प्रताप गुप्ता, भैरहवा ७ भदौ । शिक्षा ऐनलाई संसोधन गर्नुपर्ने लगायतका मागहरु राख्दै देशभरिका अस्थायी शिक्षकहरु आन्दोलित भएका छन् ।

मंगलबार रुपन्देहीका अस्थायी शिक्षहरुले पनि जिल्ला शिक्षा कार्यालय, रुपन्देहीमा दिउँसो १२ बजे देखि २ बजे सम्म २ घण्टा कार्यालयको मूलगेट अगाडि धर्ना दिएका छन् ।

सबै शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने, अघिल्लो शिक्षक ऐनमा भएका सेवा सुविधाहरु पाउनुपर्ने, सर्वोच्च अदालतको निर्णय अनुसार स्थायी शिक्षक सरह उपादान, औषधी उपचार र सञ्चीत विरामी विदाको रकम पाउनुपर्ने, अस्थायी सेवा अवधी गणना गर्नुपर्ने, ६० वर्ष उमेर नाघी अवकास भएका अस्थायी शिक्षकलाई पनि सेवा सुविधा पाउनुपर्ने लगायतका मागहरु पुरा नभएसम्म आन्दोलन जारी राख्ने अस्थायी शिक्षक आन्दोलन जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष दया शंकर गुप्ताले बताए ।

प्रथम चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत धर्ना कार्यक्रम गरिएको र यही भदौ १२ गते सिहंदरबार समेत घेराउ गर्ने कार्यक्रम रहेको आन्दोलन समितिका कोषाध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए । धर्ना कार्यक्रममा ८० जना शिक्षकहरुको सहभागिता रहेको शिक्षक छविलाल न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.