ck-raut-smailing-face
हुलाकी न्यूज, जनकपुरधाम ७ भदौ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले जनकपुरधामको “बिजुली आन्दोलन” बारे आफ्नो सुझाव दिएका छन् ।

डा. राउतले दुई बुँदे सुझाव दिँदै लाइन कटे वा समयतालिका अनुसार नआए ग्राहकलाई विद्युत प्राधिकरणले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

डा. राउतका सुझावहरु :
१. जनताले बिजुली लिए वापत नियमित पैसा बुझाउनु पर्ने, सो नगरे जरीवाना तिर्नु पर्ने वा लाइनै काटिने, तर प्राधिकरणले (२४सै घंटाको त कुरै छोडौं) समयतालिका अनुसार नै पनि बिजुली नियमित सप्लाई गर्न न सके उसलाई जरीवाना नहुने, केही फरक न पर्ने ?

२. तेलमा मिलावट भयो भने कारबाही हुने, मिठाई बासी भयो भने कारवाही हुने, किनेको लुगा फाटेको परेको छ भनेको चेन्ज गरिने, निजी सम्पतिमा गाडी ठोकिएमा क्षतिपूर्ति पाइने, तर प्राधिकरणले स्तरीय विद्युत सप्लाई नदिँदा वोल्टेज घटबढ भएर महिनै पिच्छै टिवी, मोटर, फ्रिज, चिम जल्दा चाहिँ प्राधिकरणले क्षतिपूर्ति नबेहोर्नु पर्ने ? के “स्तरीय उत्पादन“ पाउने जनताको अधिकार छैन या प्राधिकरणलाई ठगी गर्ने छूट छ ?

मधेशी जिल्ला वा जनताका लागि छुट्टयाइएको बिजुली पनि मधेशकै पहाडी बाहुल्य जिल्लामा वा पहाडतिर डाइवर्ट गरिने गरेको कुरा उनले प्रष्ट्याएका छन् ।

यसमा स्थानीय प्रशासनले मिलेमतो गरी भारी कमिशन खाने गरेको उनको आरोप छ ।

जस्तै कोशी नदीबाट भारतको कटैया पावरहाउसमा निकालिएको बिजुलीको मध्ये सम्झौता अनुसार सप्तरी जिल्लाले पाउनु पर्ने भाग सुन्सरी, मोरंग, उदयपुर, मकवानपुर जिल्लालाई बेचिँदै आएको छ, जब सप्तरी लोडसेडिंगको मारले अँध्यारोमैं बस्न बाध्य हुन्छ ।

त्यस्तै अहिले धनुषाले पाउनुपर्ने मेगावाटको हिस्सा पाइराखेको छैन । यही भदौ १ गते देखि जनकपुर लोडसेडिंग मुक्त हुने घोषणा गरिएको थियो ।

1 COMMENT

  1. It is true, in Rautahat, the voltage remain so low, we can not operate desktop computer in general line, we need a volt accelerator or inverter. ceiling fans can not move, just shake right and left…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.