Tikapur-3

हुलाकी न्यूज, काठमाडौं ७ भदौ । कैलालीको टीकापुर विद्रोहको आज एक वर्ष पूरा भएको छ ।

घटनाको एक वर्ष बितिसक्दा पनि राज्य पक्षबाट थारुहरुमाथि दमन जारी रहेको छ ।

गैरथारुहरुको अत्याचार र राज्य पक्षको दमनबाट विष्फोट भएको टीकापुर विद्रोहमा सुरक्षा संयन्त्रका केही अधिकारीसहित एक बालकले ज्यान गुमाउनु परेको थियो । तत्पश्चात गैरथारुहरुले टीकापुर बजार तथा आसपासका थारुहरुको घर, पसल, एफएम लगायतमा तोडफोड तथा आगजनी गरी करोडौंको क्षति भएको थियो ।

सुरक्षा संयन्त्रकै सामुनेमा गैरथारुहरुले आगजनी, तोडफोड तथा थारुहरुमाथि दुव्र्यवहार गरेका थिए ।

त्यति मात्रै होइन, सुरक्षा संयन्त्रको कुटाइबाट जोशीपुर–३ बन्जरिया मुक्तकमैया शिविरका भलमनसासहित कैयौं व्यक्ति घाइते भएका थिए भने साकीराम चौधरी मारिएका थिए ।

त्यस्तै, मुनुवा कन्चनपुरका कैयौं महिलामाथि प्रहरीद्वारा कुटपिट गरिनुका साथै दुव्र्यवहार भएको थियो ।

टीकापुर विद्रोहमा संलग्न भएको भन्दै दुई दर्जनभन्दा अधिक थारुहरुलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने दर्जनौं थारुहरु भारतमा शरणार्थी जीवन बिताइरहेका छन् ।

उक्त घटनाको छानबिन गर्न सुरक्षा निकायस्तरमा छानबिन समिति बनेपनि उक्त समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

उक्त घटनाको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित थारुसँग सम्बन्धित संघसंस्थाहरुले राजनीतिक तवरबाट समाधान खोजे पनि राज्य पक्षले अपराधिक घटनाका रुपमा चित्रण गर्दै थारुहरुमाथि यातना जारी राखेको छ ।

Tikapur-5

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.