janakpur_janaki_teampal
हुलाकी न्यूज, जनकपुरधाम ६ भदौ ।
जनकपुरधाममा आउँदो दशैदेखि दारु तथा नसाजन्य पदार्थ विक्री वितरणमा रोक लगाइने भएको छ । जनकपुरधाम धार्मिक नगरी भएकोले यस क्षेत्रमा भइरहेको दारु तथा नसाजन्य पदार्थ विक्रीले वातावरण विगारेको स्थानीयबासीहरुको भनाई रहेको छ ।

सरहद(सीमा) पारी मदिराजन्य पदार्थ विक्री वितरण रोक लगाइएपछि जनकपुरधाममा त्यसक्षेत्रका मदिरापान गर्नेहरुको आवत जावत बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मदिराजन्य पदार्थ निषेध गर्न सबै पक्षको प्रतिबद्धता प्राप्त भइसकेकाले जिल्ला प्रशासन कार्यालयबाट निर्देशन लिई जनकपुर उपमहानगर पालिकालाई घोषणा गर्न पत्राचार सुरु भएको जनाएको छ ।

धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीलाई उद्धृत गर्दै जनकपुर टुडेका अनुसार सरोकारबला बिभिन्न निकायहरुसित छलफलगरी अभियानलाई नगरपालिकाको जिम्मा लगाइने । स्थानीय स्वायत शासन ऐन अनुसार नगर क्षेत्रभित्र उपमहानगर पालिकाले मद्यमांस निषेध गर्न सक्ने कानुनी प्रावधान छ । नगरपालिकाले बृहत्त छलफलको आयोजनागरी निश्चित समय तोकेर निषेधित क्षेत्र घोषणा गर्ने बताइएको छ ।

अहिलेको तयारी अनुसार विजया दशमीको दिनबाट मद्यमांस निषेधको घोषणा हुन सक्ने प्रहरीले जनाएको छ । मद्यमांसको कारण अपराधिक कृयाकलाप बढेकाले मद्यमांस निषेध गर्न लागेको प्रहरी प्रशासनको तर्क छ । ‘जनकपुरधामको धार्मिक अक्ष्ुाण्तालाई अझ बृद्धि गर्न मद्यमांस निषेध गर्नु आवश्यक छ’ धनुषाका प्रहरी उपरिक्षक जोशीले भने, ‘मद्यमांस निषेध भएपछि पर्यटकहरुको आकर्षण बढन सक्छ ।’

तर होटेल व्यवसायीहरुले मद्यमांस निषेधको विपक्षमा देखिएका छन् । नियम बमोजिम भइरहेको कारोबारलाई प्रहरीले आफुखुशी रोक्न नसक्ने उनीहरुको तर्क छ ।

2 COMMENTS

  1. केहि बन्द गर्नु नै छ भने सुरुवात सब भन्दा पहिले घुसखोरी बन्द ले गरौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.