Sneak
हुलाकी न्यूज, जलेश्वर ६ भदौ ।
सर्पको टोकाईबाट दैनिक १० जनाभन्दा अधिक विरामी जिल्ला अस्पताल जलेश्वरमा आउने गरेका छन् । जसमध्ये मधेशको पुराना घरहरुमा पाइने करेत सापको टोकाईबाट विरामी हुनेको संख्य बढी रहेको छ ।

राष्ट्रिय समाचार समितिका अनुसार महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक २४ घन्टामा न्यूनतम १० देखि अधिकतम १५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा मणिष पाण्डेले बताए । गर्मी र वर्षायामअघि कहिलेकाही फाटफुट रूपमा सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनाको अनुपातमा सर्पदंशका बिरामी उपचारका लागि आउन थालेको अस्पतालका मेडिकल अधिकृत डा.राजीव झाले जनाए ।

जलेश्वर अस्पतालमा सर्पदंशका बिरामीमध्ये अधिकांश विषालु करेत सर्पले टोकेको आउने गरेका छन् भने कोही कोही गोमन र अन्य सर्पले टोकेका बिरामी तथा कोही विष नलाग्ने सर्पले टोकेका बिरामी पनि आउने गरेको अस्पताल प्रमुख पाण्डेले बताए ।

सर्पदंशको बिरामीलाई उपचार गर्ने क्रममा एउटा बिरामीलाई पँचदेखि १२ र कसैकसैलाई विषको मात्राका आधारमा ३०÷४० भाइल एन्टिस्नेक भेनम नामक सर्पदंशविरुद्धको औषधि दिनुपरेको डा पाण्डेले बताए ।

यता मधेशका अधिकांश जिल्ला घरमा पाइने करेत सर्पको विगविगी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.